आर्थिक वर्षको पहिलो दिन नेप्से सामान्य बढ्यो, १ अर्ब २३ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – नयाँ आर्थिक वर्ष २०७९/८० को पहिलो दिन शेयर बजार सामान्य बढेको छ । कारोबार सुरु भएदेखि नै घटबढ भइरहेको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा सामान्य बढेर बन्द भएको छ ।

नेप्से आज एक दशमलव ९३ अङ्कले बढेर दुई हजार ११ दशमलव ३९ विन्दुमा पुगेको छ । बैंक, व्यापार, उत्पादन, जीवन बीमा र लगानी समूहको शेयर सामान्य बढेको छ  ।

शेयर बजार समान्य बढेकाे दिन दुई सय १० वटा कम्पनीका ३० लाख ४५ हजार कित्ता शेयर एक अर्ब २३ करोड २४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको ६ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज राधी जलविद्युतको शेयर साढे पाँच प्रतिशत तथा प्रभु बैंक र नयाँ सारथी लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ । सामुदायिक लघुवित्तको शेयर साढे सात प्रतिशतले घटेको छ । साभार उज्यालो अनलाईन

Back to top button