सुनको भाउ आज पनि तोलामा एक हजार आठ सय रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ आज पनि तोलामा एक हजार आठ सय रुपैयाँले घटेको छ । आज पनि सुनको भाउ ताेलामा एक हजार आठ सय रुपैयाँले घटेर एक लाख ३६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख ३८ हजार सात सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार आठ सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Back to top button