पर्वतका ७ वटै पालिकाले ल्याए, समयमै बजेट

पर्वत । जिल्लाका सवै पालिकाहरुले यस पटक समयमै बजेट ल्याएका छन् । २ नगरपालिका सहित ५ वटा स्थानीय तह रहेका पर्वतका सवै पालिकाहरुले तोकिएको अवधिमै बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

संविधानले असार १० गते भित्र स्थानीय तहहरुले बजेट ल्याउनुपर्ने कानूनी ब्यवस्था गरेको छ । स्थानीय तहहरुले विभिन्न प्रक्रियाहरु पुरा गर्दै तोकिएकै असार १० गते भित्र बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

पहिलो बजेट ल्याउनेमा यस पटक पर्वतको बिहादी गाउँपालिका प्रथम भएको छ । असार ३ गते नै बजेट, नीति तथा कार्यक्रम बिहादी गाउँपालिकाले सार्वजनिक गरेको हो । आगामी आर्थिक बर्षका लागि कुल ४६ करोड ४७ लाख ९३ हजार बराबरको बजेट ल्याएको छ ।

यसैगरी जिल्लाको जलजला गाउँपालिकाले ५० करोड ४ लाख १३ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।

उता, जिल्लाको कुश्मा नगरपालिकाले ९२ करोड १२ लाख ७२ हजार रुपैंया बराबरको बजेट ल्याएको छ । फलेवास नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ७२ करोड २८ लाख ८० हजार रुपैंयाको बजेट ल्याएको छ ।

पैयू गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४१ करोड २ लाख ४० हजार रुपैंयाको बजेट ल्याएको छ ।
असार १० का दिन बजेट ल्याएका मोदी गाउँपालिकाले ५८ करोड ४९ लाख ८८ हजार र महाशिला गाउँपालिकाले ३९ करोड १९ लाख ७५ हजार रुपैंयाको बजेट सार्वजनिक रेका छन् ।

पुरानै नीति तथा कार्यक्रमलाई प्राथमिकता दिएका स्थानीय तहहरु मध्ये कतिपय स्थानीय तहमा यस अघि जनप्रतिनिधिहरु वीच मतभेद हुँदा बजेट, नीति तथा कार्यक्रम समयमै जारी हुन सकिरहेको थिएन् । यस पटक भने सवै पालिकाहरुले समयमै आफ्नो जिम्मेवारी पुरा गरेका छन् ।साबर पर्बत न्युज

Back to top button