बेलायतमा नेपाली युवालाई लागूऔषध कारोबारमा ३८ महिना जेल सजाय

पर्वतमाला । बेलायतको अदालतले लन्डन निवासी एक नेपाली युवालाई लागूऔषध (क्लास ए ड्रग्स)  कारोबारमा दोषी ठहर गर्दै ३८ महिना जेल सजाय सुनाएको छ ।

लन्डन ह्यारो निवासी २४ वर्षीय निखिल लामालाई लागूऔषध कारोबारमा संलग्न भएको अभियोगमा गिल्डफोर्ड क्राउन कोर्टले ४ फेब्रुअरीमा ३८ महिना ९तीन वर्ष २ महिना० जेल सजाय सुनाएको सर्रे 
प्रहरीले बिहीबार जनाएको छ ।

प्रहरीले लामालाई गत ७ सेप्टेम्बर २०२० मा गिरफ्तार गरेको थियो । ए ३० र स्टयानवेल न्यू रोड जक्सनमा प्रहरीले रोकेपछि लामाले प्रहरी अधिकृतलाई दिएको बयान अपरिपक्व र शंकास्पद देखिएको थियो ।

त्यसपछि प्रहरीले उनलाई गिरफ्तार गरेको थियो । लामा सवार गाडीलाई प्रहरीको कुकुर ल्याएर खानतलासी गर्दा ६५ पोका क्रयाक कोकिन, कोकिन र नगद एक हजार पाउण्ड भेटिएको थियो । लामाले हाँकेको कारको इन्सयोरेन्स गरिएको पनि थिएन ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृत पिसी जोसुवा मुरेले भनेका छन्, ुकार रोकेर लामाको गिरफ्तारीको परिणाम सरे पुलिसले देशमा लागूऔषध अपराध नियन्त्रणमा कसरी काम गरिरहेको छ भन्ने देखिएको छ ।ु

उनले सर्वसाधारणलाई शंकास्पद लागूऔषध गतिविधिबारे जानकारी भए दिन आग्रह गर्दै यसबाट संगठित लागूऔषध अपराधको वास्तविक चित्र थाहा हुने बताए ।

लामाको रेकर्ड हेर्दा उनी यसअघि पनि लुटपाट र लागू औषध कारोबारमा संलग्न भएर जेल सजाय पाइसकेको देखिन्छ । पछिल्लो समय बेलायतस्थित नेपालीहरु विभिन्न अपराधमा फस्दै गएका छन् । लागूऔषध, लुटपाट, बालबालिकासंग सेक्स च्याट जस्ता अपराधमा नेपालीको संलग्नता बढेको हो ।साभार कान्तिपुर दैनिकवाट

Back to top button