अन्तराष्ट्रिय पर्वत समाजको अधिवेशनको तयारी तीव्र : मुख्यमन्त्री पाण्डेले उदघाटन गर्ने

पर्वत। अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनको तयारी तीव्र पारिएको छ । १४ अक्टुबर २०२३ (असोन २०८०) शनिवारका दिन हुने सो अधिवेशनका लागि विभिन्न समिति र उपसमितिहरु बनाएर तयारी तीव्र पारिएको अन्तराष्ट्रिय पर्वत समाजका महासचिव मणिप्रसाद भुर्तेलले जानकारी दिनुभयो ।

‘सम्बृद्ध पर्वत निर्माणमा हाम्रो अभियान’ भन्ने नारा सहित मल्लाज दरवारमा आयोजित अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका प्रमुखमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने तय भएको छ । अधिवेशन विहान ११ बजे शुरु हुने छ ।
अधिवेशन सँगै अन्तराष्ट्रिय पर्वत समाजले जलजला र समग्र पर्वत जिल्लाको आर्थिक, सामजिक तथा आर्थिक रुपान्तरणका लागि गन्थन, मन्थन र चिन्तन गदै पर्वतको समग्र विकास र समृद्धिका लागि बृहत छलफल गर्ने संस्थाले जनाएको छ ।

अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसीले अधिवेशनलाई सभ्य र ऐतिहासिक बनाउन गृहकार्य थालेको बताउनु भयो । अधिवेशनमा पर्वत जिल्लामा जन्मिएर रोजगारीको सिलसिलामा संसारभरी छरिएर रहेका पर्वतेलीहरूको उपस्थिती रहने छ । त्यस्तै एनआरएनएका अभियान्तहरु, साँसद, पूर्व साँसद, मन्त्री, स्थानीय तहका जनप्रतिनिधी, पार्टीका प्रतिनिधी, जिल्लामा क्रियाशील संघसंस्था, बुद्दिजिबि, समाजसेवी, पत्रकारहरुको विशेष उपस्थिती रहने छ । साथै कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।

Back to top button