पर्वत जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि कोरियाली संस्थासँग सम्झौता

पर्वत । पर्वत जिल्लाको शिक्षा, स्वास्थ्य र विकास निर्माणमा काम गदै आएको अन्तराष्ट्रिय पर्वत समाजले अन्तत ः खेलकुद क्षेत्रमा पनि काम गर्ने भएको छ । पर्वत जिल्लाको खेलकुद क्षेत्रको विकास र पर्वद्धनका लागि समाजले दक्षिण कोरियाको ग्योङसान फुटवल संघविच सम्झौता गरेको छ । अन्तरािष्ट्रय स्तरमा खेलाडीको प्रतिभा र क्षमता उजागर गर्ने कार्यमा सहयोग र सहकार्य गर्ने उद्देश्यले सम्झौता गरेको अन्तराष्ट्रिय पर्वत समाजले जनाएको छ ।

दक्षिण कोरियाको राजधानी सियोलमा सम्पन्न ‘स्पोर्टस ग्लोबल टुरिजम २०२४’ गोष्ठीमा अन्तरास्ट्रिय पर्वत समाज सँगै ग्लोबल एनआरएन फाण्डेशन, नेपाल खेलकुद अनुसन्धान पर्वद्धन प्रतिष्ठान र कोरियाको ग्योङसान फुटबल संघबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा अन्तर्राष्ट्रिय पर्वत समाजको तर्फबाट उपाध्यक्ष संगीता कार्की र ग्योङसान फुटवल संघका उपाध्यक्ष काङ योङ–होले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको छ । त्यस्तै ग्लोबल एनआरएन फाण्डेसनका अध्यक्ष विनोद कुवँर र नेपाल खेलकुद अनुसन्धान पर्वद्धन प्रतिस्ठानका प्राध्यापक केशव थापाले पनि सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर गदै उपाध्यक्ष कार्कीले पर्वत जिल्लाको खेलकुद क्षेत्रको विकास र पर्वद्धनमा इट्टाथप्ने काम भएको बताउनु भयो । कारियाली संस्थाको पहिलो बैठकले पर्वत जिल्लाको खेलकुद क्षेत्रमा सहयोग र सहकार्य गर्ने भनी निर्णय गरेको छ । सोहि निर्णय बमोजिम सस्थाले प्रतिभावान खेलाडीहरुको छनोट गरि उनीहरुलाइ प्रशिक्षण दिने खेल सामग्री प्रदान गर्ने, विभिन्न चरणमा खेलकुद प्रतियोगिता आयोजना गर्ने लगायतका कार्यहरु गर्ने छ ।

कार्कीले नेपाली खेलाडीहरुलाई अन्तरास्ट्रिय स्तरको प्रशिक्षण, व्यक्तित्व बिकासमा यस सम्झौताले कोशेढुंगाको काम गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै आगामी दिनहरुमा पनि अन्तरास्ट्रिय पर्वत समाज र आफुले नेपालको सामाजिक र मानविय विकासको लागि बिभिन्न क्षेत्रमा सहकार्य र सहयोगको लागि पहल गर्ने बताउनुभयो ।

कोरियाको राजधानी सउलमा हालै सम्पन्न एक ‘स्पोर्टस ग्लोबल टुरिजम २०२४’ गोष्ठीमा नेपाल मोनोरेलसहित सातवटा सम्झौता भएको छ । नेपालमा मनोरेल स्थापनाका सन्दर्भमा नेपाल मोनोरेल केएमई ट्राभल प्रालिकी निर्देशक संगीता कार्की र दक्षिण कोरियाको डेलिम मोनोरलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उपाध्यक्ष संगीता कार्कीको संयोजकत्वमा सम्पन्न ‘स्पोर्टस ग्लोबल टुरिजम २०२४’ गोष्ठीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठाकुरीकोको प्रमुख अतिथ्य रहेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, परराष्ट्र मन्त्री नारायण प्रकाश साउद लगायतले शुभकामना दिएका थिए ।

Back to top button