पोर्चुगलमा निधन भएका क्षेत्रीलाई अन्तराष्ट्रिय पर्वत समाजको सहयोग

पर्वत । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा मृत्यु भएका पर्वत कुश्मा नगरपालिका वडा नं. १३ खौलाका ३६ बर्षीय धनवहादुर क्षेत्रीको परिवारलाई अन्तराष्ट्रिय पर्वत समाजले पचास हजार रुपैयाँ सहयोग गर्ने भएको छ । संस्थाको जुम अन्लाईन मार्फत आकस्मिक बसेको बैठकले स्वर्गिय क्षेत्रीको निधनले परिवारमा पर्न गएको पीडालाई सहानुभूति दिलाउन तत्कालका लागि पचास हजार दिने निर्णय गरेको हो । संस्थाले काजक्रियाका लागि भेटी स्वरुप रकम सहयोग गरेको र रकम हस्तान्तरणको जिम्मा नेपाल प्रतिनिधि मुना भुषाललाई दिने गरी निर्णय भएको संस्थाका महासचिव प्रकाश पौडेलले जानकारी दिनुभयो ।

परिवारीक सुःखका लागि विदेश गएको र परदेशमा निधन भएपछि संस्थाले परिवारको आर्थिक अवस्थालाई मध्येनजर गदै आर्थिक सहयोग जुटाउने तयारी थालेको छ । संस्थाले बरिष्ठ उपाध्याक्ष दधि आचार्यको संयोजकत्वमा राहात संकलन समिति गठन गरेको छ । समितिको सदस्यमा उपध्याक्ष बाबुराम शर्मा, शेषराज तिमिल्सिना कोषध्याक्ष तिलक सापकोटा, सह–कोषध्याक्ष श्याम न्यौपाने रहनु भएको छ । समितिले संस्थाका अग्रज, पदाधिकारी, सदस्य, आजिवन सदस्य, सदस्य सस्था एवम् सस्थाका शुभेच्छुकहरु संग समन्वय गरी सहयोग रकम संकलन गर्ने निर्णय गरेको छ । संकलित रकम वितरण विषयमा संस्थाको कार्यसमितिले निर्णय गर्ने छ ।

अन्तरास्ट्रिय पर्वत समाज शोकाकुल परिवारको साथमा रहेको जनाउँदै संस्थाका अध्यक्षसँग समन्वय गर्ने र घटनाको जानकारी गराउने साथै सवैबाट प्राप्त हुने सहयोग अन्तरास्ट्रिय पर्वत समाज मार्फत प्रदान गर्ने जिम्मा सस्थाका सचिव सन्तोष पौडेललाई दिईएको छ ।

संस्थाका अध्यक्ष गुणराज शर्मा ‘गुँराश’ को अध्यक्षतामा बसेको बैठकमा संस्थापक प्रमुख संरक्षक हितकाजी गुरुङ संस्थापक अध्यक्ष पुरन गिरी, संरक्षक एवम् दिर्घकालिन योजना समिति संयोजक सुभास जोशी, संस्थापक सल्लाकार एवम् निवर्तमान अनुशासन समिति संयोजक कृष्ण तिवारी लगायत संस्थाका विभिन्न पदाधिकारी एवम् सदस्यहरुको सहभागी रहेको नेपाल संयोजक मुना भुषालले जानकारी दिनुभयो ।

Back to top button