अर्काको नाममा लाेकसेवा आयाेगकाे परीक्षा दिने एक जना पक्राउ

मकवानपुर – अर्काकाे नाममा लाेकसेवा आयाेगकाे परीक्षा दिइरहेकाे अवस्थामा प्रहरीले एक जनालाई पकाउ गरेकाे छ ।प्रहरीले पोखरा महानगरपालिका-२ बस्ने ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटीलाई हिजाे बिहान हेटौँडा उपमहानगरपालिका-१ बाट प्रशासन लेखा सहायक चौथो तहको परीक्षा दिइरहेकाे अवस्थामा पक्राउ गरेकाे हाे ।

प्रहरीले उनकाे झोलाबाट नगद  ५८ हजार ५ सय रूपैयाँ र विभिन्न व्यक्तिहरूको ४ वटा नागरिकता समेत फेला पारेकाे छ । यस्तै बुबाकाे नाममा सवारी चालक अनुमति पत्र लाइसेन्सकाे परीक्षा दिँदै गर्दा एक जना पक्राउ परेका छन् । हेटौँडा उपमहानगर-११ मा रहेकाे यातायात व्यवस्था कार्यालयबाट अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा मकवानपुर बकैया गाउँपालिका-७ बस्ने २० वर्षीय सन्तोष गौतम पक्राउ परेका हुन् ।

सन्तोषले उनका बुबा टुकनाथ गौतमको नाममा परीक्षा दिएका थिए । दुवै घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । साभार उज्यालो अनलाईन

Back to top button