
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बञ्चरोले हानेर श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमान् लाई पक्राउ गरेको छ ।बञ्चरो प्रहार गरी २८ वर्षीया श्रीमती लक्ष्मी बस्नेत तामाङको हत्या गरेको आरोपमा बलेफी गाउँपालिका–१ ठाटिकुना बनकाली बस्ने ३२ वर्षीय जिवन तामाङलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।दाउरा चिर्ने विषयमा विवाद हुँदा जिवनले श्रीमतीलाई बन्चरो प्रहार गरेका थिए । गम्भीर घाइते भएकी लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।प्रहरीले मृतकका श्रीमान् जिवनलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।साबार ईमेज खबर