पर्वतमा थपियो अर्को पर्यटकीय आयाम, हार्नेस जीपलाईनले शुरु ग¥यो जोेईण्ट सुईङ

पर्वत । पर्वतको कुश्मामा सहासिक पर्यटनमा नयाँ नयाँ प्रविधि थपिने क्रम बढेको छ । यसक्रममा हार्नेस कम्पनी प्रा.लि’ ले चोक्लेको डिलमा ६० फिट उचाइमा स्विङ सञ्चालन गरेपछि अर्को रौनक देखिन थालेको छ । ‘जोइन्ट स्वीङ’ नाम दिइएको उक्त पिङ कालीगण्डकी नदीको सतहबाट दुई सय ५० मिटर माथि ६० फिटको उचाइमा रहेको छ । मच्चिने गति पनि तीव्र भएका कारण हाइड्रोलिक प्रविधिमा सञ्चालन हुने पिङ सञ्चालनमा ल्याइएको कम्पनीका सञ्चालक राजकुमार बस्नेतले बताए ।

‘यो पिङ सामान्य खालको छैन । यसको गति र हाइटका कारण नै यसको नामाकरण जाइन्ट स्वीङ राखिएको छ,’ उनले भने, ‘कालीगण्डकी नदीको सतहबाट ढाई सय मिटर माथि त्यसमा कालीगण्डकीको डर लाग्दो भीरमा पिङ खेल्नुको आनन्द नै अर्कै रहेको यहाँ खेल्नुभएकाहरुको प्रतिक्रिया छ । ‘दी हार्नेस प्रा.लि’ का निर्देशक सुनिल बानियाका अनुसार यो पिङमा एकै पटकमा दुई जना पनि खेल्न मिल्ने भएका कारण सहासिक खेलीडहरुको रोजाईमा परेको छ । कम वा बढी तौल भएकै कारण पिङमा कुनै अप्ठ्यारो अवस्था नरहने गरी निर्माण भएका कारण बालबालिकादेखि बृद्धसम्मले पनि स्वीङको मज्जा लिएको उनको भनाई छ ।

प्रमाणित कम्पनीको हार्नेस हेल्मेट लगाएर १२ एम.एम.को तारमा पिङ खेलिने भएका कारण यो सुरक्षित रहेको बानिया बताउँछन् । कम्पनीका अध्यक्ष विदुर पौड्यालका अनुसार ‘जिअन्ट स्वीङ’ गर्नका लागि एक जनाको लागि छ सय रुपैयाँ र जोडीले एकै पटकमा एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । हार्नेस प्रा.लि. ले निर्माण गरेका जीपलाइन, स्काई ब्रिज, पिङ लगायतका सहासिक खेलहरुले जिल्लालाई पर्यटकीय हवका रुपमा विकास गर्न सहयोग पुगेको उनको भनाई छ । धार्मिक तथा पर्यटकीय क्षेत्र मुस्ताङ आउजाउ गर्ने पर्यटकहरु पनि कुश्मा झरेर सहासिक खेलहरुमा रमाउने क्रम सुरु हुँदै गएको अध्यक्ष पौड्यालको भनाई छ ।

Back to top button