पोखरा स्कुल बस दुर्घटना: ३ मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । पोखरा महानगरपालिका-२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटना हुँदा ज्यान गुमाएका र घाइतेको पहिचान खुलेको छ ।

ट्युसन पढ्न जाँदै गरेका कक्षा १० का विद्यार्थी सवार बस दुर्घटनामा पर्दा ५ जनाको मृत्यु भएको छ अन्य १४ घाइते भएका छन्।

अस्पतालका अनुसार घाइते र मृतकहरूको नामावली यस प्रकार छ:
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)

मृतकहरू:

१. ममता तिवारी (उमेर अनुमानित १२/१३ वर्ष) – बिहान ८:३५ बजे मृत्यु घोषणा

२. अशिम कँडेल (उमेर अनुमानित १३/१४ वर्ष) – बिहान ८:३५ बजे मृत्यु घोषणा

३. बाबुराम तिवारी (६५ वर्ष, पोखरा-२८) – (उपचारका लागि लिफ्ट मागेका यात्री), बिहान ८:३५ बजे मृत्यु घोषणा

अन्य २ जनाको पहिचान खुल्न बाँकी रहेकाे छ ।

गम्भीर घाइते:

१. अस्मी कँडेल (१५ वर्ष, पोखरा-२८) – टाउको र ढाडमा चोट

मध्यम घाइतेहरू:

२. स्नेहा गौतम (१४ वर्ष, पोखरा-२८) – टाउकोमा चोट

३. सोनिया तिवारी (१३ वर्ष, पोखरा-२८) – टाउकोमा चोट

४. अंकित पराजुली (१३ वर्ष, पोखरा-२८) – टाउकोमा चोट

५. स्मृती खत्री (१५ वर्ष, मादी गाउँपालिका-१२) – टाउकोमा चोट

६. स्नेहा तिवारी (१६ वर्ष, मादी गाउँपालिका-१२) – टाउकोमा चोट

७. आकृती बुढाथोकी (१४ वर्ष, मादी गाउँपालिका-१२) – टाउकोमा चोट

८. मेरिना तिवारी (१५ वर्ष, मादी गाउँपालिका-१२) – टाउकोमा चोट

९. सुप्रिया आचार्य (१४ वर्ष, मादी गाउँपालिका-१२) – टाउकोमा चोट

१०. यमन मगर (१६ वर्ष, मादी गाउँपालिका-१२) – टाउकोमा चोट

११. तुल बहादुर गुरुङ (५७ वर्ष, चालक, पोखरा-१५) – ढाड र छातीमा चोट

  • गण्डकी मेडिकल कलेज 

मध्यम घाइतेहरू (बोल्न सक्ने अवस्थामा):

१. सृष्टि तिवारी (१६ वर्ष, पोखरा-२८ सौर्य, कक्षा १०) – टाउको, दायाँ कुम, कम्मर र दायाँ खुट्टामा चोट

२. शिसन थापा मगर (१६ वर्ष, पोखरा-२८ सौर्य, कक्षा १०) – टाउको, ढाड र दुवै हातमा चोट

३. सौगात तिमिल्सिना (१६ वर्ष, पोखरा-२८ डाँडागाउँ, कक्षा १०) – टाउको, ढाड र दुवै खुट्टामा चोट

उद्धार कार्यमा खटिएका इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत ३१ वर्षीया प्रहरी जवान अर्जुन शाही सामान्य घाइते भएका छन्। उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको छ।

Back to top button