अमेरिकाले १० वटा विमानद्वारा ८० टन हतियार युक्रेन पठायो

अमेरिकाले १० वटा विमानद्वारा ८० टन हातहतियार युक्रेन पुर्याएको छ ।

युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले अमेरिकाबाट १० वटा विमानमा अत्याधुनिक हतियार राजधानी किभमा आइपुगेको पुष्टि गर्नुभएको हो ।

समग्रमा, अमेरिकाले हतियारका ४५ विमानहरू आपूर्ति गर्ने योजना बनाएको युक्रेनी सेनाको स्रोतले उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ ।

रुसले युक्रेनको सीमा क्षेत्रमा एक लाख सैनिक तैनाथ गरेपछि अमेरिका र पश्चिमा देशले युक्रेनलाई सैन्य सहयोग गरिरहेका छन् । यस्तै उत्तर एटलान्टिक सैन्य सङ्गठन नेटोले पनि सहयोगीहरूलाई आफ्नो सैन्य समर्थन बढाउन आग्रह गरेको छ । रुसले भने आफ्नो छिमेकीलाई आक्रमण गर्न खोजेको आरोपलाई लगातार अस्वीकार गरेको छ ।

युक्रेन समस्याको शान्तिपूर्ण समाधानको प्रयासमा बाधा ‍पुर्याउने गरी नेटोको सैन्य गतिविधिले यसको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको रुसको भनाइ छ ।

Back to top button