पर्वतमा जेठ १७ गते नेपाली कांग्रेसको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम हुँदै

पर्वत । नेपाली कांग्रेस गण्डकी प्रदेशले जेठ १७ गते पर्वतको कुश्मामा कार्यसमिति बैठक एवं  प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ ।नेपाली कांग्रेस गण्डकी प्रदेश प्रशिक्षण बिभागले पर्वतको सदरमुकाम कुश्मा बजारमा कार्यसमिति बैठक एवं  प्रशिक्षण कार्यक्रम संचालन गर्न लागेको नेपाली कांग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री रामचन्द्र जोशीले जानकारी दिए ।

प्रशिक्षणमा सहभागिताको लागि बिहान ८ बजे उद्योग वाणिज्य संघको सभाहलमा उपस्थित हुनुपर्ने छ । सहभागीलाई खाना र खाजाको ब्यवस्था गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति, बिभाग सदस्य, नेपाली कांग्रेस पर्वतका पदाधिकारी, प्रदेश सभा क र ख का क्षेत्रीय कार्यसमिति सभापति एवं पदाधिकारी, नेपाली कांग्रेस पर्वतका भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख गरि करिब दुई सय जना सहभागी हुने अनुमान गरिएको छ ।

सहभागीलाई पार्टीको साँगठनिक एवं समसामयिक राजनीतिक बिसयमा प्रशिक्षण दिन लागेको जोशीले बताए । उनले भने,’नेका प्रदेश समितिले प्रदेशका ११ जिल्ला मध्ये पर्वत जिल्लाबाट प्रशिक्षण कार्यक्रम शुरु गर्न लागेको कारण यो कार्यक्रम भब्य र ऐतिहासिक हुने छ।’कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको जोशीले बताए । बैंठक एवं प्रशिक्षण कार्यक्रमको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

Back to top button