काठमाडौं । पिपुल्स पावर लिमिटेडले ३१ साउन मंगलबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि सार्वजनिक निष्कासन खुला गरेको हो ।
इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा छिटोमा ५ भदौसम्म र उक्त अवधिमा माग अनुसारको आवेदन नपरेमा आवेदन दिने अवधि १४ भदौसम्म थप हुनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ । कम्पनीले इलामको इलाम नगरपालिकामा ४.९६ मेगावाटको पुवाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनको कुल अनुमानित लागत ९५ करोड ६ लाख ६९ हजार ७५१ रुपैयाँ ८१ पैसा छ ।साभार अनलाईन खबर