अध्यक्ष सँग जेष्ठ नागरिक कार्यक्रममा ७१ जनाको स्वास्थ्य परिक्षण

पर्वत । पैयूँ गाउँपालिकामा सुरु भएको ‘अध्यक्ष सँग जेष्ठ नागरिक’ कार्यक्रम अन्तर्गत अर्थुन बजारमा स्वास्थ्य परीक्षण भएको छ । उक्त कार्यक्रम अन्तर्गत पैयूँ गाउँपालिकाका सम्पूर्ण वडाका अशक्त, वृद्ध बुवा आमाहरुलाई नजिक पर्ने स्थानमा (घर गाउँमै) पुगेर स्वास्थ्य परिक्षण एवम् औषधि वितरण गरिन्छ ।

अर्थुन बजारमा भएको कार्यक्रममा ६० बर्ष माथिका ७१ जना जेष्ठ नागरीकहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै रक्तचाप परीक्षण, पिसाबमा प्रोटिन र सुगरको जाँच, रगतबाट मधुमेहको जाँच एवम् शंकास्पद क्षयरोगका बिरामीहरुको खकार नमूना संकलन गरिएको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ ले जानकारी दिए ।

‘टोल टोलमा गएर जेष्ठ नागरिकहरुका समस्याहरु बुझ्नका लागि यो अभियान सञ्चालन गरिएको हो, अध्यक्ष ठकुरीले भने,‘यस अन्तर्गत उनीहरुको स्वास्थ्य उपचार र समस्या बुझने गरिन्छ ।,’

जेष्ठ नागरिकहरुको शारीरिक अशक्तलाई मध्येनजर गदै उनीहरुको औषधि प्राप्ति र स्वास्थ्य परिक्षणमा सहजता पुगोस् भनेर गाउँपालिकाले आर्थिक वर्ष ८०÷८१ को सामजिक न्याय अन्तर्गत योजना समावेश गरि अध्यक्ष सँग जेष्ठ नागरिक कार्यक्रम संचालन गरिएको अध्यक्ष ठकुरीले बताउनु भयो । उहाँले आगामी बर्षमा अझै परिमार्जन गदै यस्ता प्रबद्र्धनात्मक एवम् समतामूलक न्याय सँग जोडिएका विभिन्न कार्यक्रम संचालन गर्ने प्रतिबद्धता व्यक्त गनुृभयो ।

अध्यक्ष सँग जेष्ठ नागरिक कार्यक्रम पैयूँ गाउँपालिकाका ७ वटै वडामा पुगेर संचालन गरिनेछ ।

Back to top button