खानेपानीको चरम समस्या रहेको शंकरपोखरीको डाँडामा डिप बोरिङ

पर्वत । खानेपानीको चरम समस्या रहेको पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा बोरीङ प्रविधिवाट खानेपानी तान्ने कामको सुरुवात गरिएको छ । समुन्द्र सहतबाट १५ सय मिटर उचाईमा रहेको भूमेकाट डाँडामा बोरिङ प्रविधि मार्फत खानेपानी तान्ने प्रविधिको प्रयोग गरी पानी तान्ने काम गरिएको हो ।

भुमिगत जलश्रोत डिप बोरिङ प्रविधि मार्फत निकालिएको पानीको फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले एक कार्यक्रमका बिच सुभारम्भ गर्नुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख तिवारीले सबैको सक्रियतामा छोटो समयमै खानेपानीको समस्या समधान गर्न सकेको प्रति खुशी ब्यक्त गर्नुभयो । उहाँले शंकरपोखरी भित्रको खानेपानीको दिर्घकालिन समस्या समधानका लागि केन्द्र सरकारसंग आफुले पहल गरिरहेको बताउनुभयो ।

उपप्रमुख शोभाकुमारी क्षेत्रीले खानेपानीको समस्याले काकाकुल भई रहेका शंकरपोखरीवासीका लागि जमिनको पानी बाहिर निकालेर ट्याङकी सम्म खसाल्न सफल हुनुलाई उत्सवका रुपमा लिएको बताउनु भयो ।

कार्यक्रममा शंकरपोखरीका वडा अध्यक्ष अर्जुनवहादुर कार्की, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख किरण पौडेल, जिल्ला समन्वय समिति पर्वतका सदस्य निर्मलाकुमारी रेग्मी, कार्यपालिका सदस्य बावुराम सुनार, शंकरपोखरी बृहत खानेपानी उपभोक्ता समितिका सचिव कमल भुषाल र स्थानीय समाजसेवी गिरिजाप्रसाद तिवारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शंकरपोखरीको पुर्कोट धारापानी, पोखराचउर, आँखेतमा डिप वोरिङको सफल परिक्षण भैसकेको छ । यस सँगै शंकरपोखरीको खानेपानीको चरम असुविधा रहेको अधिकांश घरधुरीमा तत्कालको लागि खानेपानी पुर्ति हुनेछ । पानीको समस्या रहेको शंकरपोखरीमा डिप बोरीङ प्रविधि मार्फत खानेपानीको व्यवस्था गरिएमा खानेपानीको समस्या समाधान हुने स्थानीयले बताएका छन् । जमिनबाट पानी निक्लिएसगैँ स्थानीयहरु हर्षित बनेका हुन ।

Back to top button