
पर्वत । पर्वतको जलजला गाउँपालिकालाइ एम्बुलेन्स सहयोग प्राप्त भएको छ । नेपाल भारत मैत्री बिकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारले जलजला गाउँपालिकालाइ एउटा एम्बुलेन्स प्रदान गरेको हो ।
प्राप्त भएको एम्बुलेन्स गाउँपालिकाले कार्यविधि अनुसार संचालन गर्ने बताउदै नयाँ एम्बुलेन्स भएपछि बिरामीहरुलाई अपताल ल्याउन लैजान सजिलो हुने अध्यक्ष राजु प्रसाद आचार्यले बताउनुभयो । एम्बुलेन्स सहयोगका लागी गाउँ पालिकाले निर्णय गरेर भारत सरकारसंग माग गरेको थियो अध्यक्ष आचार्यले भन्नुभयो ।
यसअघि वडा नम्बर ८ नाग्लिबांगका प्रवासीहरुको सहयोगमा खरिद गरिएको एम्बुलेन्स संचालनमा थियो ।