शिक्षण सिकाइमा डिटिजल प्रविधिलाई जोड्दै जलजला गाउँपालिका

पर्वत/शिक्षामा परिवर्तन र आधुनिकता ल्याउन कम्प्युटर शिक्षामा जोड दिँदै आएको जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा बिग्रिएर प्रयोग विहिन अवस्थामा रहेका कम्प्युटरहरु मर्मत गरि पुन : संचालनमा ल्याउने भएको छ । ‘गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयमा कम्प्युटर बिग्रिएर प्रयोग विहीन अवस्थामा छन् । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले भन्नुभयो,‘ गाउँपालिकाले सम्पूर्ण विद्यालयका बिग्रिएर थन्काएका कम्प्युटर मर्मत गरी पुन संचालनमा ल्याउने तयारी गरिरहेको छ ।’ उहाँले शिक्षामा सुधार ल्याउनका लागि विद्यार्थी र शिक्षकलाई प्रबिधी सँग जोड्नको लागि मर्मत गरि संचालनमा ल्याउन लागेको बताउनु भयो । सामुदायिक विद्यालयका रहेका कम्पुटर प्रिन्टर र ल्यापटप पालिकाले आफ्नै खर्चमा मर्मत गर्न लागेको हो ।

आचार्यले सम्पुर्ण शिक्षकहरुलाइ ए, बि र सि ग्रेडमा छुट्याएर पालिका भित्रका ४४ वटा विद्यालयका शिक्षक र विद्यार्थीलाइ पाएक पर्ने स्थानमा (विद्यालय समय भन्दा अगाडी वा पछि) कम्पुटर कक्षा संचालन गर्ने जनाउनु भयो । अध्यक्ष आचार्यले विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा सञ्चालन भएमा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने बताउनु भयो ।

विद्यालयमा कम्प्युटर शिक्षाले विद्यार्थीहरुले सहज र सरल तरिकाले नयाँ सन्देश एवं उपलब्धि मुलक ज्ञान र सुचना पाउने पालिकाका सुचना प्रबिधी अधिकृत सुदिप पौडेल बताउनु भयो । उहाँले शिक्षक र विद्यार्थीमा प्राविधिक ज्ञानका लागि विद्यालयमा कम्प्युटर शिक्षाको शुरुआत भएपछि शैक्षिक विकासमा सहयोग पुग्ने बताउनु भयो ।

विद्यालयमा कम्प्युटर शिक्षाको प्रयोगात्मक कक्षा शुरु गर्न लागेकोले शिक्षक र विद्यार्थी निकै उत्साही भएका छन् । ग्राम प्रकाश माध्यमिक विद्यालया प्रधानाध्यापक भवानी शंकर पौडेलले प्रविधि सँग जोडिन पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले शिक्षक र विद्यार्थीलाई प्रविधि सँग जोड्का लागि गाउँपालिकाका अध्यक्षले गरेको कार्य प्रशंसायोग्य रहेको बताउनु भयो ।विद्यालयमा कम्प्युटरबारे यसअघि किताबी ज्ञानमात्र दिइए पनि अहिले भने प्रत्यक्ष कम्प्युटर चलाउन र सिक्न पाउँदा आफूहरुलाई निकै सजिलो हुने कृष्ण भवन धर्म माबिमा कम्पुटर शिक्षक बिमल आचार्य बताउनु भयो ।

जलजला गाउँपालिकाले ४४ विद्यालयका करिब ३०० शिक्षकले आफुलाइ पाएक पर्ने विद्यालयमा कम्पुटर सिकाई रहेको गाउँपालिकाका शिक्षा अधिकृत त्रिबिक्रम आचार्यले जानकारी दिनुभयो ।

Back to top button