
(पर्वत) । देशका विभिन्न ठाउँमा छरिएर रहेका काश्यप गोत्रिय घर्ती क्षत्री (जि.सी) हरुको कुल देउता पुजा मंगलवार सम्पन्न भएको छ । जिल्लाको जलजला गाउँपालिका–८ नाग्लिवाङमा काश्यप गोत्रिय घर्ती क्षत्री (जि.सी) हरुको कुल देवता मन्दिरमा मंगलवार सामुहिक रुपमा कुल पुजा गरेका हुन् ।
जलजला गाउँपालिका ८ नाग्लीवाङ्गमा रहेको कुल देवता मन्दिरमा देशका बिभिन्न ठाउँमा छरिएर बसोबास गरेका काश्यप गोत्रीय घर्ती क्षत्रीहरुले सामुहिक रुपमा भेला भई हरेक बर्ष जस्तै यस बर्ष पनि आफ्नो कुल पूजा गरेका हुन् ।
कुलदेवता पूजा अथवा देवाली पूजा भनेको आफ्नो कुल देवतालाई खुसि बनाउनको लागि गरिने संस्कार हो । जाति अनुसारको कुलको नाम फरक फरक हुने भएकाले कुलको पूजा गर्ने तरिका पनि फरक फरक हुन्छ । कुल देवताको पूजा गर्नाले अगती परेका पृतीहरूले मोक्ष पाउने र कुलको उद्धार हुने विश्वस गरिन्छ ।
सो अवसरमा काश्यप गोत्रीय घर्ती क्षत्रीबाट जिल्ला समन्वय समिति पर्वतका उपाध्यक्षमा निर्वाचित सोम बहादुर जि सी, जलजला गाउँपालिका–८ नाग्लिवाङ अध्यक्षमा निर्वाचित हरि बिकास जि.सी र एम. डी डाक्टर हुनुभएकोमा सन्तोष जि सीलाई काश्यप गोत्रीय घर्ती क्षत्री दाजुभाईहरुद्घारा दोसल्ला, माला, खादा अबिर लगाएर बधाई सहित सम्मान गरिएको थियो ।
उक्त् कार्यक्रमको संचालन गौतम घर्ती क्षत्रीले गर्नुभएको थियो । साथै कुल देवता पूजाको अवसरमा हिम बहादुर जि.सीको अध्यक्षतामा कुल मन्दिर ब्यबस्थापन समिती गठन गरीएको छ ।