पर्वतका ७ पालिका मध्य, ५ पालिका प्रमुखमा कांग्रेस, २ मा एमाले

पर्वत । जिल्लाका ७ वटै स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । अन्तिम नजिता अनुसार जिल्लाका ७ पालिका मध्ये ५ वटा पालिका प्रमुखमा कांग्रेस विजयी भएको छ भने २ वटामा एमालेले जित निकालेको छ ।बाँकी २ वटा उपाध्यक्ष/उपप्रमुख पदमा मात्र माओवादी केन्द्रको जीत भएको छ ।

जिल्लाको कुश्मा नगरपालिकामा नगरप्रमुखमा कांग्रेसका रामचन्द्र जोशी र उपप्रमुखमा स्वस्थानी रिजाल एमालेको तर्फबाट विजयी भएकी छिन् ।

पैयू गाउँपालिकामा कांग्रेसका तोरण मल्ल अध्यक्ष पदमा र एमालेकी यामकुमारी रानाले उपाध्यक्ष पदमा निर्वाचन जितेकी छिन् ।

यसैगरी जलजला गाउँपालिकामा कांग्रेसका राजु आचार्य र माओवादी केन्द्र दिपक आचार्य विजयी भएका छन् ।

यसैगरी फलेवास नगरपालिकामा कांग्रेसका गंगा तिवारी र माओवादी केन्द्रकी शोभा क्षेत्रीले निर्वाचन जितेकी छिन् ।

उता, महाशिलामा दुवै पदमा एमालेले निर्वाचन जितेको छ । अध्यक्ष इश्वरी भुषाल र उपाध्यक्ष पदमा धनसुवा विकले निर्वाचन जितेकी छिन् ।

जारी मतगणनाको अन्तिम नजिता अनुसार मोदी गाउँपालिकामा दुवै पदमा एमालेले बाजी मारेको छ । मोदी गाउँपालिकाको अध्यक्ष एमालेकी हिरादेवी शर्मा र उपाध्यक्ष पदमा बिमल लामिछाने विजयी भएका छन् ।

यसैगरी विहादी गाउँपालिकामा कांग्रेसका प्रविन गुरुङ अध्यक्ष पदमा र उपाध्यक्ष पदमा एमालेकी मिना तिवारी विजयी भएकी छिन् ।

Back to top button