वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या ३ सय ४२ पुग्याे

काठमाण्डाै – वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या तीन सय ४२ जना पुगेको छ । अहिलेसम्म ४१ वटा समूहका दुई सय ६१ जना पुरुष र ८१ जना महिलाले आरोहण अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

अनुमति लिएका मध्ये एक सय ३३ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । आरोहण अनुमति वापत अहिलेसम्म सरकारले १८ करोड रुपैयाँ भन्दा धेरै रोयल्टी सङ्कलन गरेको छ । गएको वर्षको वसन्तयाममा ९३ वटा आरोहण दल अन्तर्गत ६ सय ३५ जना विदेशी आरोहीले विभिन्न हिमाल चढ्न अनुमति लिएका थिए ।

गएको वर्ष अनुमति लिएका मध्ये  सगरमाथाको लागि अनुमति लिने ४६ वटा समूहमा चार सय आठ जना विदेशी आरोही थिए । यो बर्ष कोरोना महामारीको जोखिम कम भएकोले आरोहीको सङ्ख्या बढ्ने आशा गरिएकोभ एपनि रुस–युक्रेन युद्धको प्रभावले आरोहणका लागि आउनेहरुको संख्या कम देखिएको आरोहण व्यवसायीहरुले बताएका छन् । यस वर्ष अनुमति माग गर्नेहरुको सङ्ख्या गएको वर्षको तुलनामा कम रहेको पर्यटन विभागले जनाएको छ । साभार उज्यालो अनलाईन

Back to top button