
काठमाण्डाै – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसद विरुद्ध परेको रिट निवेदनमाथि आजदेखि सुनुवाइ हुँदैछ ।
अध्यक्ष नेपालसहित १४ सांसद विरुद्धको मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ । एमालेबाट अलग हुनु अघि नै नेपालसहितका १४ जना सांसदलाई दलबाट कारबाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारबाहीको सूचना जारी नगरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गर्नु भएको थियो । त्यहि रिटमाथि सुनुवाई हुन लागेको हो । एमालेले यही एजेण्डालाई अघि सारेर प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गर्दै आएको थियो । साभार उज्यालो अनलाईन