लगातार ३ दिन घटेको शेयर बजार आज ४० अङ्कले बढ्यो

काठमाण्डाै – यो हप्ता लगातार तीन दिन घटेको शेयर बजार हप्ताको चौथो दिन आज बुधवार भने ४० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४० दशमलव ६८ अङ्कले बढेर दुई हजार पाँच सय ६८ दशमलव २५ बिन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, उत्पादन, अन्य, बीमा र होटल समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । शेयर बढेकाे दिन दुई सय ३२ वटा कम्पनीका ४५ लाख दुई हजार कित्ता शेयर दुई अर्ब २५ करोड रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै सिद्धार्थ इन्सुरेन्स लिमिटेडको ११ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज इमर्जिङ नेपाल लिमिटेड, राष्ट्र उत्थान लघुवित्त र नेस्डो समृद्ध लघुवित्त संस्थाको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ । बजार बढे पनि युनिलिभर नेपाल लिमिटेडको शेयर भने झन्डै दुई प्रतिशतले घटेको छ । साभार उज्यालो अनलाईन

Back to top button