सानेपामा मोटरसाइकल दुर्घटना : एक प्रहरी जवानको ज्यान गयो, अर्का एक जना घाइते

काठमाण्डाै – ललितपुरको सानेपामा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी जवानको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।गएराति सवा १ बजे बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल पल्टिँदा प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नवीन न्यौपानेको ज्यान गएको छ । उहाँको उपचारका क्रममा स्टार अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै, गम्भीर घाइते भएका तनहुँको आँबुखैरेनी घर भइ प्रहरी वृत्त सातदोबोटोमा कार्यरत प्रहरी जवान सुमनकुमार सिंहको स्टार अस्पतालमा नै उपचार भइरहेको छ । साभार उज्यालो अनलाईन

Back to top button