काँग्रेस देवीस्थानले वडा स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

पर्वत । नेपाली काँग्रेसले शुरु गरेको ‘घर घर जाऔँ काँग्रेस जिताऔं’ अभियानको सन्दर्भमा नेपाली काँग्रेस फलेवास नगरपालिका–६ देवीस्थानले वडा स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ‘घर घर जाऔँ काँग्रेस जिताऔं’ अभियान सँगै आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा नेपाली काँग्रेसको नीति, सिद्धान्त, आर्दश, संगठन सुधार, आगामी चुनावी रणनीतिका साथै नेपाली काँग्रेसको आदर्श, राष्ट्रियता, लोकतन्त्र समाजवाद, मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) र काँग्रेसको मुल्य र मान्यतामा केन्द्रित रही प्रशिक्षण कार्यक्रम संचालन गरिएको नेपाल तरुण दल देविस्थानका सभापति किशोर शर्मा पौडेलले जानकारी दिनुभयो । वडास्तरिय प्रशिक्षण कार्यक्रममा सय भन्दा बढि संख्यामा काँग्रेसका अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा डाक्टर कुश्माखर न्यौपाने, पृथ्वीनारायण क्याम्पस पोखराको प्रध्यापक कमलराज सापकोटा र पृथ्वीनारायण क्याम्पस पोखराकै प्रध्यापक दिपेन्द्र पराजुलीले प्रशिक्षण दिनुभएको हो ।

कार्यक्रममा नेपाली काँग्रेस फलेवास नगर कार्य समितिका सभापति हिरामणि सापकोटा र नेपाली काँग्रेस पर्वतका महाधिवशेन प्रतिनिधी गंगाधर तिवारी लगायतले बोल्नुभएको थियो । सभापति नारायणप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाली काँग्रेस पर्वतका महाधिवशेन प्रतिनिधी राधाकुमारी कुवँर क्षेत्री र संचालन नेपाली काँग्रेस देवीस्थानका सचिव राजेन्द्र भुषालले गर्नुभएको थियो ।

Back to top button