टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बिजयनगर गाउँपालिका–६ खडैचामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।आज बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक बिजयनगर गाउँपालिका–७ मानपुर बस्ने ४५ वर्षीय लालमोहन केवटको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक रण बहादुर विष्टले बताउनुभयो ।

पत्थरदेहियादेखि खडैचा तफै जादै गरेको ना १ ख ७४५३ नम्बरको टिपरले लु ५४ प ९०८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।दुर्घटना पश्चात स्थानीयहरुको टिपरले आतंंक मच्चाएको भन्दै प्रहरी कार्यालय घेराउ गरेका थिए । टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

साभार ईमेज खबर

Back to top button