हल्लाका पछाडि नलाग्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचन हुँदैन भन्ने हल्लाका पछाडि नलाग्न सत्तारुढ गठबन्धनका नेताहरूलाई आग्रह गर्नुभएको छ ।आज बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले निर्वाचन नहुने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको हो ।

सो क्रममा स्थानीय निर्वाचनमा तालमेलबारे कुराकानी भएको बताइएको छ ।कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीभित्र गठबन्धन विरुद्धमा आवाज उठेपनि आफू सकारात्मक रहेको बताउनुभएको थियो ।उहाँले आगामी साता पार्टीको बैठक बोलाएर चुनावी तालमेलबारे ठोस निष्कर्ष दिने बताउनुभयो ।साभार ईमेज खबर

Back to top button