नेपाली काँग्रेस प्रदेश सभा क क्षेत्रीय कार्य समितिको कोषाध्यक्षमा भारती

पर्वत। नेपाली काँग्रेस प्रदेश सभा क क्षेत्रीय कार्य समिति पर्वतको कोषाध्यक्ष पदमा कुश्मा नगरपालिका–५ की वडा अध्यक्ष एवम् गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधी चित्रकला शर्मा भारती मनोनित हुनुभएको छ ।

नेपाली काँग्रेस प्रदेश सभा क क्षेत्रीय कार्य समिति पर्वतका सभापति राजकुमार क्षेत्रीको सभापतित्वमा सम्पन्न बैठकले भारतीलाई कोषाध्यक्षमा चयन गरेको हो । काँग्रेसको विधानमा निर्वाचित प्रदेश अधिवेशनका प्रतिनिधीमध्येबाट कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार सभापति क्षेत्रीले भारतीलाई कोषाध्यक्षमा मनोनित गर्ने प्रस्ताव गरेपछि उहाँ सर्वसम्मत कोषाध्यक्ष बनेको क्षेत्रीय सचिव केशव उपाध्यायले जानकारी दिनुभयो ।

नेपाली काँग्रेस पर्वतको राजनितिमा सक्रिय भारती विकासप्रेमी जनप्रतिनिधी हुन् । बौद्धिक, निडर र स्वच्छ छवी भएका कारण उहाँ जनमानसमा निकै लोकप्रिय मानिनुहुन्छ । सहयोगी भावना र वडाका गरेका विकास निर्माणका कामले उहाँको लोकप्रियता बढ्दोछ । त्यस्तै क्षेत्रीय समितिको बैठकले सदस्यमा मानबहादुर क्षेत्री र निलकण्ठ उपाध्याय आचार्यलाई मनोनित गरेको जनाएको छ ।

Back to top button