रामचन्द्र पौडेल र उपेन्द्र यादवबीच छलफल, एमसीसीमा ‘सैद्धान्तिक मतभेद’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्नुभएको छ ।वरिष्ठ नेता पौडेलले सत्ता गठबन्धन जोगाउने बारेमा जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग भेटवार्ता गर्नुभएको हो । उहाँले भेटमा एमसीसी सम्झौताको विषयमा कुराकानी गरेको बताउनुभयो ।एमसीसीको समस्या जटिल रूपमा आएको भन्दै नेता पौडेलले एमसीसीको कारण देशको अन्तर्राष्ट्रिय सम्बन्ध र नेपालको विकासको भविष्य के हुन्छ भन्ने विषयमा कुराकानी गरिएको उल्लेख गर्नुभयो ।एमसीसीको सम्बन्धमा जसपा अध्यक्ष यादवसँग सैद्धान्तिक मतभेद नदेखिएको उहाँको भनाइ छ । अध्यक्ष यादवले फागुन १३ गते पार्टीको बैठक राखेर एमसीसी बारे निर्णय लिने बताएको उहाँले जानकारी दिनुभयो ।वरिष्ठ नेता पौडेलले एमसीसी सम्झौता संसदमा पेश भइसकेको सन्दर्भमा यसको निकासका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूसँग पनि कुरा गर्ने बताउनुभयो ।एमसीसी सम्झौताको विषय अब सडकबाट नभइ संसदमा छलफल हुने उहाँले बताउनुभयो । राष्ट्रको ध्यान संसदतर्फ केन्द्रीत भएको उहाँले उल्लेख गर्नुभयो ।साबार ईमेज खबर

Back to top button