आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालका वर्न प्लास्टिक सर्जन डाक्टर अपार लामिछानेले नागरिकलाई बताए।

अस्पतालको ‘बर्न आइसियु वार्ड’ मा भेन्टिलेटरमा उपचार भइरहेको उनको ११ः३५ बजे मृत्यु भएको डाक्टर लामिछानेले बताए।

यसअघि अस्पतालले पत्रकार सम्मेलन गर्दै गणेशको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने जानकारी गराएको थियो। उनको शरीरको ५५ प्रतिशत भाग जलेको थियो।

Back to top button