पोखरा बहुमुखी क्याम्पसको ३९ औं बार्षिक उत्सवमा ३२ युनिट रगत संकलन

पोखरा, ११ मंसिर । पोखरा बहुमुखी क्याम्पसको ३९ औं बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रममा अन्तरगत हिजो रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।कार्यक्रममा ३२ युनिट रगत संकलन भयो ।
क्यामपस प्रमुख शिशुकाला पराजुलीका अनुसार क्याम्पसले हरेक वर्ष बार्षिक उत्सवका अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ। पराजुलीले समाजसेवा तथा मानव कल्याणका यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका संयोजक दिपक प्रसाद घिमिरेले सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र रामघाट पोखराको प्राविधिक सहयोग रहेको थियो । विद्यार्थी, प्राध्यापक कर्मचारी लगायत सर्वसाधारणको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
मंसिर ७ गते देखि शुरुभएको सप्ताहव्यापी कार्यक्रममा निबन्ध लेखन प्रतियोगिता, एक मिनेट वक्तृत्वकला, तथा खेलकुद अन्तर्गत टेबलटेनिस, भलिबल र बास्केटबल प्रतियोगिताहरू सम्पन्न बेका छन् ।
यसैगरी मंसिर १२ गते सरसफाई , मंसिर १३ गते मानव सेवा आश्रम हेम्जा शाखालाई आर्थिक सहयोग हस्तान्तरण र मंसिर १४ गते  वार्षिकोत्सव विशेष समारोह आयोजना गरिने क्याम्पस प्रशासनले जनाएको छ । विशेष समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण र छात्रवृति वितरण लगायत विविध कार्यक्रम रहेको जनाइएको छ ।
Back to top button