भेरी करिडोरको रिम्ना सडक अवरुद्ध

सुर्खेत – भेरी करिडोर अन्तर्गत जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ । आज बिहानैदेखि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ ।

निरन्तरको वर्षापछि पहिरोले सडक अवरुद्ध भएको भेरी करिडोर आयोजाका प्रमुख सुनिल रञ्जितकारले बताउनुभयो । अहिले पहिरो हटाउने काम भइरहेको छ । सडक अवरुद्ध हुँदा जाजरकोट, रुकुमपश्चिम र डोल्पा आवतजावत गर्ने यात्रु बाटोमै अलपत्र परेका छन् ।

Back to top button