भावी रणनीति र कार्यदिशा तय गर्न कांग्रेस गण्डकीले थाल्यो दलित अगुवासँग छलफल

पर्वत । भावी रणनीति र कार्यदिशा तय गर्न भन्दै नेपाली काँग्रेस गण्डकी प्रदेश अन्तरगत भातृ संघ समन्वय विभागले नेपाल दलित संघ गण्डकी प्रदेश सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँग्रेसको पार्टी कार्यालय पोखरामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका पदाधिकारी, नेपाल दलित संघ प्रदेश कार्यसमिती लगायत संघमा आवद्ध ११ वटा जिल्लाका जिल्ला अध्यक्ष, क्षेत्रीय सभापती लगायत दलित अगुवाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा करिव दुई दर्जन ब्यक्तिहरुले आफ्ना धारण राखेका थिए । नेपाली काँग्रेस दलित मुक्तिका लागि कालदेखि लागेको र आगामी कार्यदिशाका बारेमा थप छलफल भएको दलित संघ गण्डकी प्रदेशका सचिव याम परियार ‘शिव’ जानकारी दिए ।

नेपाली काँग्रेसले बिधानमा भएका ऐन व्यवस्थालाई कार्यन्वयन गर्दै थप मजबुत बनाउने विषयमा पार्टीमा पहिलोपटक व्यापक छलफल भएको सचिव परियारले बताए । कार्यक्रममा उठेका सवालमा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले विकासको मुल प्रबाहबाट पछाडी परेका वर्ग र समुदायलाई मुल प्रवाहिकरणमा ल्याउन महत्वपूर्ण विषय भएकाले काँग्रेसले नितिगत रुपमा नितीनिर्माण गर्ने र तत्काल कार्यान्वयन लैजाने बताए । उनले प्रजातान्त्रमा कुनैपनी जात, धर्म नहुने बताउँदै जातिय आधारमा हुने जुनसुकै खाले बिभेदको अन्त्यका लागि सवै वर्ग समुदाय हातेमालो गर्न आग्रह गरे ।

नेपाली काँग्रेस गण्डकी प्रदेस समितिका उपसभापति कल्पना तिवारिले अवसर र चेतनाको कमीले दलित समुदाय पछाडि परेको बताउँदै परम्परागत सीपको बिकास सँगै शिक्षा स्वास्थ र रोजगारी अनि सामाजिक चेतनाको बिकास गर्न सकेमा मात्र दलित सामुदायको हित हुने बताईन । उक्त कार्यक्रममा बिण्नुप्रसाद लामिछानेले संविधानमा भएका उपलब्धिलाई सस्थागत गर्दै थप सशक्तीकरण गर्नुपर्ने जोड दिए । नेपाली काँग्रेस गण्डकी प्रदेश भातृ संघ समन्वय विभागका संयोजक अजित क्षेत्रिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन गोविन्द शर्माले गरेका थिए ।

Back to top button