पर्वत र बागलुङ जोड्ने फेरी अर्को लामो र अग्लो झोलुङ्गे पुल निर्माण हुँदै

पर्वत । पुलैपुलको जिल्ला पर्वतमा फेरी अर्को लामो र अग्लो झोलुङ्गे पुल निर्माण हुने भएको छ । छिमेकी जिल्ला बागलुङ र पर्वतको सदरमुकाम कुश्मा बजार जोड्ने गरी पुलको निर्माण हुन लागको हो । बागलुङ नगरपालिका–१४ नारायणस्थान र कुश्मा नगरपालिका–५ मा अवस्थित गुम्बा जोड्ने गरी कालीगण्डकी नदी माथि पुल निर्माण गर्न लागिएको हो ।

पुलको लम्बाई ४ सय ८५ मिटर रहेको छ । ६ करोड लागतमा निर्माण हुन लागेको झोलुङ्गे पुलको निर्माण कार्यले गति लिन लागेको बागलुङ नगरपालिका–१४ का वडा अध्यक्ष चक्रवहादुर केसीले जानकारी दिनुभयो ।
‘पुल निर्माणका लागि सम्भावता अध्ययन भैसकेको छ, बागलुङ र कुश्मा नगरपालिकाले स्वीकृती दिईसकेको छन्, वडा अध्यक्ष केसीले भन्नुभयो,‘पुल निर्माणका लागि सरकारले पहिलो चरणअन्तर्गत विस्तृत सर्वेक्षण गरी लागत स्टिमेटको विवरण तयार गरिसकेको छ । उक्त पुललाई टेन्डर प्रक्रियामार्फत आगामी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।’ सो पुल निर्माण भएपछि भने बागलुङ र पर्वत जिल्ला प्रत्यक्ष रुपमा जोडिनेछन् ।

पर्वतमा पछिल्लो समय धमाधम झोलुङ्गे पुल निर्माण हुने चरणमा छन् । झोलुङ्गे पुल निर्माणबाट पर्वत जिल्लाको समृद्धिमा थप टेवा पुग्ने विश्वास लिईएको छ ।

Back to top button