पैयूँ गाउँपालिकाद्धारा शैक्षिक क्यालेन्डर सार्वजनिक

पर्वत । पैयूँ गाउँपालिकाले चालु शैक्षिक सत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ । गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८० मा परीक्षा, विदा, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमहरुमा एकरुपता कायम गर्न र यसै अनुसार आफ्नोे शैक्षिक क्यालेन्डर र शैक्षणिक योजना बनाउन गाउँ पालिकाले विद्यालयहरुलाई आग्रह गरेको छ ।

उक्त क्यालेन्डरको शनिवार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले संयुक्त रुपमा सार्बजनिक गरेका छन् ।

शैक्षिक कार्यपत्रोमा प्रत्येक महिना पालिकास्तर एवं बिद्यालय स्तरबाट संचालन गरिने कार्यक्रम, बिदा व्यवस्थापन अन्तर्गत बर्से बिदाको १५ दिन पनि कटौती गरि अध्ययन/अध्यापन गरिने व्यवस्था, पालिकाद्वारा नै स्थानीय बिदाको व्यवस्थापन, बिद्यालय खुल्ने, पढाइ हुने र परीक्षा संचालन हुने दिनको स्पष्ट जानकारी तथा पालिकाबाट भएका अन्य जानकारीमुलक गतिविधिहरु समावेश गरीएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिए । शिक्षण संस्थाका शैक्षणिक गतिविधिहरू योजनाबद्ध रूपमा सञ्चालनका लागि आवश्यक नीति र कार्यक्रमहरू क्यालेन्डरमा समावेश गरिएको उनको भनाई छ ।

व्यवस्थित र योजनाबद्ध शैक्षिक क्रियाकलाप गरिने विद्यालयका लागि शैक्षिक क्यालेन्डर एक अपरिहार्य मार्गचित्र भएको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ ले बताए । गाउँपालिका सम्पूर्ण शैक्षिक गतिविधि ब्यवस्थित गर्न क्यालेन्डरले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

Back to top button