जलजला गाउँपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई १० हजार पुरस्कार

पर्वत । पर्वतको जलजला गाउँपालिकाले आफ्नो प्रतीक चिन्ह (लोगो) बनाउनेलाई १० हजार रुपैयाँ दिने भएको छ । गाउँपालिकाले बिहीवार एक सूचना जारी गर्दै गाउँपालिकाको पहिचान झल्किने गरी लोगो निर्माण गर्न लागेकोले इच्छुक व्यक्तिका लागि सार्वजनिक रुपमा आह्वान गरेको हो ।

लोगो निर्माण गर्दा गाउँपालिकाको नाम र नेपालको झण्डा अनिवार्य समावेश गर्नुपर्नेछ । ‘लोगोमा समावेश हुने कुनै पनि कुरा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधिनता, संघीय ईकाई वा विभिन्न जात जाति धर्म सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पर्ने जातीय लैङ्गिक तथा कुनै पनि खालको विभेद जनिने तथा सार्वजानिक शिष्ठाचार प्रतिकुल हुनुहुँदैन, सुचनामा भनिएको छ।,’

लागोमा प्रयोग हुने संकेत तथा चिन्हहरु संक्षिप्त स्पस्ट र आकर्षक हुनुपर्दछ । सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र लोगो बनाएर खामबन्दीमार्फत गाउँपालिकाको कार्यालयमा पठाउनु पर्नेछ । छनोट समितिले उत्कृष्ट लोगो छनोट गर्ने र छनोटमा परेका डिजाइनकर्तालाई गाउँपालिकाले १० हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने सूचनामा उल्लेख छ । साथै सहभागीहरुलाई पनि प्रमाणपत्र उपलव्ध गराईनेछ ।

Back to top button