जेष्ठ नागरिकको सम्मानका लागि धार्मिक भ्रमण

पर्वत । जलजला गाउँपालिकाले जेष्ठ नागरिकको धार्मिक भम्रण तय गरेको छ । बागलुङ नगरपालिका–६ पञ्चकोटमा फागुन ९ देखि २५ गतेसम्म सञ्चालन भैरहेको अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा सहभागी गराउन धामिक भ्रमण तय गरेको हो । गाउँपालिकाले ९ वटै वडाका ७० बर्ष उमेर पुरा भएका जेष्ठ नागरिकलाई निःशुल्क रुपमा धार्मिक भ्रमण तय गरेको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए ।

जेष्ठ नागरिकको सम्मान स्वरुप भ्रमण तय गरिएको हो । उक्त धार्मिक भ्रमणमा जान इच्छुक व्यक्तिको स्वास्थ्य अनुकुल र पारिवारिक सहमती हुनुपर्छ । जेष्ठ नागरिकको विवरण संकलनका लागि वडा कार्यालयलाई सुचित गरिएको अध्यक्ष आचार्यले बताए ।

आचार्यले एक हजार जना जेष्ठ नागरिकलाई धार्मिक भ्रमणमा लैजाने लक्ष्य राखिएको बताए । जेष्ठ नागरिक समाजका गहना हुन’ अध्यक्ष आचार्यले भने ’वृद्ध वृद्धा हुँदै गएपछि धार्मिक कुरामा मन रमाउने भएको कारण पनि उनीहरूलाई भ्रमणको आयोजना गरिएको हो ।’

जेष्ठ नागरिकलाई धार्मिक भ्रमण लैजाने प्रस्तावलाई कार्यपालिका सदस्य बैठकले अनुमोदन गरेको छ । कार्यपालिका सदस्यहरुको मंगलवार बसेको १५३ औँ बैठकले अनुमोदन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

Back to top button