राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा गठबन्धनका किरण, पदम र मनरुपा विजयी

पर्वत। राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीनजना उम्मेदवार विजयी भएका छन् । बिहीबार साँझ सार्वजनिक मतपरिणामअनुसार अन्य क्लस्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगतारअल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन् ।

राष्ट्रिय सभा निर्वाचन स् गण्डकीमा गठबन्धनका किरण, पदम र मनरुपा विजयी
श्रेष्ठले ३ हजार ८ सय ८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मत पाए । अपांगतारअल्पसंख्यकतर्फ कांग्रेसका परियारले ३ हजार ७ सय ७९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मत ल्याए । महिलातर्फ माओवादी केन्द्रीकी शर्माले ३ हजार ६ सय ६० मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मत पाइन् ।

गण्डकीमा मतदाताको कुल मतभार ६ हजार १ सय ४० थियो । गण्डकीमा ६० जना प्रदेशसभा सदस्य तथा ८५ स्थानीय तहका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्ष १ सय ७० गरी कुल २ सय ३० जना मतदाता थिए । गठबन्धनमा आबद्ध दलहरूको मतभार ३ हजार ८ सय २७ थियो । यद्यपि, तीनवटै उम्मेदवारले यस बराबरको मत पाएनन् । केही मत बदर भएको थियो भने केही मतदातामा ‘भोट क्रस’ समेत गरेका थिए ।

बिहीबार २ सय ३० मतमध्ये २ सय २९ मत खसेको थियो ।साभार ः कान्तिपुर दैनिकवाट

Back to top button