पर्वतको देउपुरमा १ युवकको हत्या

पर्वत । संगै जंगलमा तरुल खोज्न गएका २ युवा मध्ये पर्वतको मोदी २ देउपुरका १ युवाको हत्या भएको छ । आइतबार दिउँसो मोदी २ देउपुर टापुको स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका दुई युवा मध्ये ४० बर्षका उदय रिजालको हत्या भएको प्रहरीले जनाएको छ ।

जंगलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले मृत्यु घोषणा गरेकोे जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक अविनाश दिप जिसीले पुष्टि गरे । घटनामा घाइते भएका अर्का झण्डै ४० बर्षका श्रीराम शर्मालाई उपचारका लागि पोखरा पठाइएको जिसीले जानकारी दिएका छन् ।

घटनामा संग्लन्न ३५ बर्षका प्रेमबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी निरिक्षक जिसीका अनुसार दिनभर जसो संगै रहेका उनीहरु मध्ये हत्याका अभियुक्त नेपालीले पुरानो रिसिबीका कारण रिजालको हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । रिसिबीको कारण भने खुल्न सकेको छैन ।

रिजाल माथि तरुल खन्न प्रयोग हुने गल प्रहार गरेको देखेपछि प्रत्यक्षदर्शी शर्मालाई समेत नेपालीले गल प्रहार गरेका थिए । गलले लागेर घाइते भएका शर्मा भने भागेर आफ्नो ज्यान जोगाएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले भनाई छ ।

Back to top button