पर्वतको कुश्मामा बाथरुममा निस्सासिएर एक युवाको मृत्यु

पर्वतको सदरमुकाम कुश्माबजारमा ग्याँस गिजरको पानीमा नुहाउने क्रममा निस्सासिएर बुधवार दिउँसो एक युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कुश्मा नगरपालिका वडा नं. ६ का ३३ वर्षिय राज गुरुङ्ग रहेका छन् । विहान करिब १० बजेको समयमा बाथरुममा नुहाउन पसेका गुरुङ्ग अवेरसम्म ननिस्किएपछि परिवारले ढोका खोलेर हेर्दा ढलेर बेहोस भएको अवस्थामा भेटेका थिए ।

उनलाई तत्कालै पर्वत अस्पतालमा पुर्‍याईएको भएपनि उपचार सम्भब नभएपछि मनिपाल अस्पताल पोखरा रिफर गरेको प्रहरीले जनाएको छ।
मनिपाल अस्पताल पोखरा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरिक्षक अविनास दिप जिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार निसासिएको वा अन्य कारणले ढलेको भन्ने वारे पुष्टि भएको छैन । घटनाको वारेमा थप अनुसन्धान भैरहेको प्रहरी निरिक्षक जिसीले बताउनुभयो ।मृतक युवा मंगलवार साँझ मात्र जापानवाट घरमा आईपुगेका थिए ।

Back to top button