कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्यालयबाट पक्राउ

पर्वत ।पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीलाई प्रहरीले कुश्मा नगरपालिकाको कार्यालयबाट पक्राउ गरेको छ । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड भन्दा बढि नगद घुस लिएको आरोपमा पक्राउ पुर्जी जारी भएसँगैं पराजुली फरार भएका थिए । आज प्रहरीले कुश्मा नगरपालिकाको कार्यालयबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर अर्जुन पौडेलको नेतृत्वमा गएको टोलीले उनलाई पक्राउ गरेको हो । हाल कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृत रहेका पराजुलीलार्ई पोखरा पठाईसकेको प्रहरीले जनाएको छ ।

मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा तत्कालिन सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार उदयबहादुर पराजुलीले एक करोड पाँच लाख रुपैयाँ घुस लिएको अनुसन्धानका क्रममा देखिएपछि फरार भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालतबाट पक्राउका लागि अनुमति लिएको थियो ।

Back to top button