काँग्रेस पर्वतले क्रियाशिल सदस्यता नविकरण फारम वडा तहमा पठायो

पर्वत । नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतले क्रियाशिल सदस्यता नविकरण फारम वडा तहमा पठाएको छ । जिल्ला सभापति युवराज जोशीको सभापतित्वमा गत शुक्रवार बिपी स्मृति भवनमा बसेको बैठकले नविकरण गर्नका लागि क्रियाशिल सदस्य फारम वडा समितिलाई पठाएको हो ।

पर्वत काँग्रेसले नविकरण फारम जिल्लाका ६१ वडामा पठाएको नेपाली काँग्रेस पर्वतका उपसभापति शिवप्रसाद सुवेदीले जानकारी दिए । सबै वडाका क्रियाशील सदस्य मित्रहरूले आ–आफ्नो वडामा नेपाली कांग्रेसका वडा सभापति एबं वडा कार्यसमिति संग सम्पर्क गरि २ प्रति फोटो, नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी र आबश्यक सदस्यता शुल्क तथा लेबि रकम सहित आफ्नो क्रियाशील सदस्यता नवीकरण गर्न सक्नुहुनेछ ।

उपसभापति सुवेदीले भने,‘अब वडा कार्यसमितिले तत्काल बैठक आह्वान गरी नविकरण फारम मंसिर मशान्त सम्ममा गाउँ तथा नगर कार्यसमितिमा बुझाउने र गाउँ नगर कार्यसमितिका सभापतिले उक्त नविकरण फारम पौष ५ गते प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापति समक्ष सिफारिस गरि बुझाउने र प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापतिले उक्त फारम सिफारिस गरि पौष १० गते जिल्ला कार्यसमिति पर्वतमा अनिवार्य बुझाउनु पर्ने निर्णय भएको छ ।,’

त्यस्तै नेपाली काँग्रेस पर्वतले जिल्लाका सात वटै पालिकामा पालिका सम्मेलन सम्पन्न गरेको छ । नेपाली काङ्रेसको बिधान २०१७ को नवौ संशोधनमा ब्यबस्था भए अनुरुप पालिका तथा सम्मेलनहरु गरेको हो ।

नेपाली काँग्रेस पर्वतले कांग्रेसको संगठन सुदृढिकरण, पार्टी रुपान्तरण सहितको नारा बोकेर जिल्लाका सवै पालिकामा पालिका सम्मेलन गरेको छ । पालिका सम्मेलन पछि प्रदेशसभा क्षेत्रीय र जिल्ला सम्मेलन गर्ने तयारी गरिरहेको जुटिरहेको अर्का उपसभापति डाक्टर चुणमणि शर्माले जानकारी दिए । प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म सम्पन्न गर्ने निर्णय भएको उनको भनाई छ । जिल्ला सम्मेलन पौष महिनाको पहिलो हप्ता गर्ने उनको भनाई छ ।

Back to top button