नेपाली काँग्रेस पर्वतले थाल्यो क्रियाशिल सदस्यता नविकरण प्रक्रिया

पर्वत । नेपाली काँग्रेस पर्वतले क्रियाशिल सदस्यता नविकरणको लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । शुक्रवार नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका सभापति युवराज जोशीको सभापतित्वमा बसेको बैठकले केन्द्रको निर्देशनका आधारमा सदस्यता नविकरणका लागि आवश्यक प्रक्रिया अगाढि बढाउने निर्णय गरेको हो ।

त्रियाशिल सदस्य नविकरण फारम वडा कार्यसमितिका सभापति समक्ष पुगि सकेको छ, सचिव गुप्तनिधी शर्माले भने,‘अब वडा कार्यसमितिले तत्काल बैठक आह्वान गरी नविकरण फारम भरी २ प्रति फोटो, नागरिकताको प्रतिलिपि र शुल्क सहित मंसिर मशान्त सम्ममा गाउँ तथा नगर कार्यसमितिमा बुझाउने र गाउँ नगर कार्यसमितिका सभापतिले उक्त नविकरण फारम पौष ५ गते प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापति समक्ष सिफारिस गरि बुझाउने र प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापतिले उक्त फारम सिफारिस गरि पौष १० गते जिल्ला कार्यसमिति पर्वतमा अनिवार्य बुझाउनु पर्ने निर्णय भएको छ ।,’

काँग्रेस बैठकले सम्पन्न हुन बाँकी पालिकामा पालिका सम्मेलन, प्रदेशसभा क्षेत्रीय सम्मेलन र जिल्ला सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ । जिल्ला सदस्य ओमप्रसाद घायलका अनुसार सम्पन्न हुन बाँकी रहेका कुश्मा नगरपालिका, मोदी र महाशिला गाउँपालिकाको सम्मेलन यहि मंसिरको २१ गते सम्ममा सम्पन्न गर्नुपर्ने निर्णय भएको छ । प्रदेश सम्मेलन मंसिर २५ सम्ममा सम्पन्न गर्ने निर्णय गरेको छ ।
जिल्ला सम्मेलनको हकमा नेपाली काँग्रेस केन्द्रीय सभापति सँग समन्वय रि पौष महिनाको पहािले हप्ता भित्रमा भव्य रुपमा सम्पन्न गर्ने निर्णय भएको जिल्ला सदस्य शर्माले बताउनु भयो ।

बैठकमा प्रस्तुत प्रस्तावहरु माथी पालिका पदाधिकारी, पदेश सभा क्षेत्रीय पदाधिकारी, आमन्त्रीत सदस्य, जिल्ला कार्यसमिति सदस्यहरु र जिल्ला पदाधिकारी गरि ३० जनाले आफ्नो धारण राख्नुभएको थियो ।

Back to top button