कालीगण्डकी लोकमार्गमा सार्वजनिक सवारी चल्दा नागरिकमा खुशी

पर्वत। उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डबाट सार्वजनिक यातायात शुचारु भएको छ। पर्वत जिल्लाको फलेवास नगरपालिका –४ मुडिकुवा देखि लोकमार्गकै रुट प्रयोग गरेर बुटवलसम्मका लागि यातायात सञ्चालन हुन लागेको हो । पैयूँखोला यातायात प्रालिले उक्त रुटमा सार्वजनिक सवारी सञ्चालन गर्न लागेको हो ।

बुटवल जानका लागि पोखरा स्याङजा वालिकको रुट प्रयोग गर्नुपर्ने बाध्यता हटेसंगै यो रुटमा यात्रा गर्दा झण्डै ७० किलोमिटर दुरी छोटो हुने गर्दछ । फलेवासको मुडिकुवा देखि ढिकबाट कुर्घा जोड्ने झण्डै ३ किलोमिटर सडकको स्तरोउन्नती भईरहेको । उक्त स्थानमा बन्दै गरेको लमायखोला मोटरेवल पुल समेत सम्पन्न हुँदा यो क्षेत्रबाट बुटवल, पाल्पा लगाएतका जिल्लामा जानका लागि सडक सञ्जाल निकै छोटो हुनेछ ।

लोकमार्गको मुडिकुवाबाट शुरु हुने सार्वजनिक यातायात विहादी गाउँपालिकाको सेतीवेणी हुँदै मिर्मिबाट पाल्पा सडक खण्डमा भएर जान्छ । बुटवल देखि कुश्मासम्मको दुरी छोटो बनाउने उक्त कालीगण्डकी लोकमार्गको पाङराङ, बाच्छा, बर्राचौर हुँदै रानीपानीसम्मको सडक कालोपत्रे भएको छ ।

रानीपानी देखि सेतीवेणी हुँदै मिर्मिसम्मको सडकको स्तरोउन्नती हुँदैछ । यो सवै खण्ड पुरा हुँदा बुटवल देखि कुश्मासम्मको दुरी ७० किलोमिटर भन्दा बढि कम हुनेछ ।

Back to top button