बिपिन जोशीको अवस्था अझै अज्ञात

काठमाडौं । गत अक्टोबर ७ मा हमासले बन्धक बनाइ गाजातर्फ लगेका नेपालका बिपिन जोशीको अवस्था अझै अज्ञात छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले हामीसंगको कुराकानीमा बिपिन हमासको कब्जामा रहेको पुष्टी भएपनि हाल उनको अवस्थाबारे यकिन भइनसकेको बताउनुभएको छ । उनको खोजीकार्य जारी रहेको परराष्ट्रले जनाएको छ ।

यसअघि ईजरायली डिफेन्स फोर्सले ७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किब्बुज–अलुमिम मा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकामध्ये नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको पुष्टी गरेको थियो ।

जोशीका ठुलो बुबा देवदत्त जोशीले बिपिन कता छन् भन्ने यकिन जानकारी आफुहरुलाई प्राप्त नभएको बताउनु भयो ।

ईमेज च्यानलको सम्पर्कमा आउनु भएका बिपिनका ठुलो बुबा जोशीले बिपिनका बारेमा आफु निरन्तर इजरायलस्थित नेपाली दुताबासको सम्पर्कमा रहेको बताउनुभयो ।

बिपिनलाई हमासले अस्पताल लगेको पुष्टि भएपनि उनको अहिलेको यकिन अवस्था बारे ठोस प्रमाण प्राप्त नभएको जोशीको भनाइ छ ।

Back to top button