जाजरकोट : भूकम्पपीडित एक हजार ७६ सुत्केरी त्रिपालमुनि

काठमाडौं । जाजरकोटमा गत कात्तिक १७ गते रामिडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण जिल्लाका एक लाख २८ हजार ९ सय १७ जना प्रभावित भएका छन् ।यसमा जोखिम जनसङ्ख्या २२ हजार २०६ रहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

जस अनुसार पाँच वर्षमुनिका १२ हजार ४०४ बालबालिका प्रभावित भएका छन् भने एक हजार ८८३ गर्भवती त्रिपालमा बस्न बाध्य भएका छन् ।

त्यसैगरी एक हजार ७६ सुत्केरी त्रिपालको सहारामा बसिरहेका छन् । एक हजार ८३२ दीर्घरोगी र ८५०अपांगता भएका व्यक्ति पनि समस्यामा रहेका छन् ।

त्रिपालमुनि बसिरहँदा चिसोले उनीहरूलाई विभिन्न किसिमका स्वास्थ्य समस्याहरु देखापरेका छन् । चिसोका कारण केहीको मृत्युसमेत भएको छ ।भूकम्पका कारण स्वास्थ्य संस्थाहरुमा क्षति पुगेकाले सर्वसाधारणको उपचार समेत प्रभावित भएको हो ।

Back to top button