देशका धेरै ठाउँको मौसम धुम्म, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाण्डाै – देशका धेरै ठाउँको मौसम धुम्मिएको छ ।पश्चिमी वायुसँगै न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका धेरै ठाउँको मौसम धुम्मिएको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी प्रदेशबाहेकका प्रदेशको मौसम आज आंशिकदेखि सामान्य बदली हुनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, कोशी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षाको अनुमान छ ।

यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुमान छ ।

Back to top button