माधुरी साहित्य प्रतिष्ठानद्वारा विभिन्न श्रष्टाहरुलाई पुरस्कार तथा सम्मान

पर्वत/माधुरी साहित्य प्रतिष्ठान पर्वतले आफू मातहत रहेका विभिन्न विधाका पुरस्कार र सम्मानहरु आज वितरण गरेको छ। प्रत्येक वर्षमा प्रदान गरिने सरस्वती विमल वाङ्मय प्रतिभा पुरस्कार तथा सम्मान वितरण गरेको हो। पर्वत जेसिसको सभाहलमा भएको कार्यक्रममा प्रतिष्ठानले समाजमा विभिन्न विधामा योगदान पुर्‍याउने ६ जनालाई पुरस्कृत तथा सम्मान गरेको हो। सरस्वती विमल वाङ्मय प्रतिभा पुरस्कार पर्वत साहित्य संगमका संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्प, साहित्यकार खगेन्द्र वस्याल र पत्रकार अगन्धर तिवारीलाई रु दश/दश हजार दोसल्ला र सम्मानपत्र प्रदान गरेको हो।

यस्तै माधुरी साहित्य सम्मान साहित्यकारहरु सुन्दरप्रसाद जोशी वादल,समालोचक प्रा.लक्ष्मीप्रसाद शर्मा र अन्तराष्ट्रिय साहित्य समाजका केन्द्रीय अध्यक्ष राजेन्द्र श्रेष्ठ गोवद्र्धन पुजा लाई सम्मान पत्र र दोसल्ला द्धारा सम्मान गरिएको हो। कार्यक्रममा वोल्दै प्रमुख अतिथी तथा विश्व हिन्दु महासंघ पर्वतका अध्यक्ष लोकनाथ आचार्यले माधुरी साहित्य प्रतिष्ठानले नेपाली भाषा,साहित्यमा उल्लेख्य भुमिका खेलेको बताए।

आचार्यले पुरस्कार तथा सम्मानले सर्जकहरुको सिर्जनशिल क्षमतामा पृष्ठपोषण हुने कुरामा जोड दिए। समापन कार्यक्रममा वोल्दै कार्यक्रमका अध्यक्ष तथा माधुरी साहित्य प्रतिष्ठानका अध्यक्ष सामाजिक एवं राजनैतीक व्याक्तित्व सरस्वती शर्मा जिज्ञाशुले अग्रज लाई सम्मान र नयाँ लाई प्रोत्सहान गर्दै विगत १९ वर्षदेखी नेपाली भाषा र साहित्यको क्षेत्रमा प्रतिष्ठानले कार्यहरु गर्दै आएको वताए।

यस्तै जिज्ञाशुले साहित्यको माध्ययमवाट समाजको रुपान्तरणमा निरन्तर लागिपर्न साहित्यकार, साहित्यअनुरागीहरुलाई आग्रह समेत गरे। कार्यक्रममा सम्मानित साहित्यकारहरुले प्रतिष्ठानले प्रदान गरेको पुरस्कार तथा सम्मानले आफूलाई थप उर्जा र प्रेरणा मिलेको वताएका थिए। कार्यक्रममा राष्ट्रिय सरल कवि शान्तिनारायण श्रेष्ठ,पर्वत साहित्य संगमका अध्यक्ष डि आर शर्मा र साहित्यकार ओमप्रसाद घायलले कविता र मुक्तक वाचन गरेकाा थिए। कार्यक्रममा प्रतिष्ठानका संरक्षक विमल शर्मा पौडेल, अन्तर्राष्ट्रिय साहित्य समाजका महासचिव विमला निरौला,म्याग्दीका साहित्यकार ध्रुवलाल शर्मा,साहित्यकार केदारनाथ पौडेल,कर्मचारी युनियनका नेता शिव अधिकारी लगायतले वोलेका थिए।

सोही कार्यक्रममा शिक्षाविद तथा सामाजिक व्याक्तित्व धनञ्जय शर्मा अधिकारीले आफ्ना माता पिताको नाममा रु १ लाख १ हजारको गौरी प्रजापति अक्षयकोष स्थापना गरेका छन्। सो अक्षय कोषको व्याजवाट प्राप्त रकम हरेक वर्ष पर्वतका प्रावि स्कुलहरुमा अध्यापन गराउने उत्कृष्ट १ जना शिक्षकलाई पुरस्कार तथा सम्मान गरिने भएको हो। कार्यक्रममा साहित्यकार तथा पत्रकार निर्मल पौडेल एन पि घायल, रोशन तिवारी, सुवास पौडेल, स्वइच्छा आचार्य,गिता अधिकारी,अनिता सापकोटा,कमलादेवी शर्मा, महिला नेत्री लिला दवाडी लगायत साहित्यानुरागीको उपस्थिती रहेको थियो।

माधुरी साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष सरस्वती शर्मा जिज्ञाशुको ५० औँ जन्मोत्सवको अवसरमा रु ५ लाखको अक्ष्ययकोष स्थापना गरी त्यसै वाट प्राप्त व्याज रकम प्रत्येक वर्ष विभिन्न पुरस्कार तथा सम्मानमा वितरण गरिँदै आएको छ। अहिलेसम्म १२ जनालाई सम्मान तथा पुरस्कार वितरण गरिएको प्रतिष्ठानले जानकारी दिएको छ। माधुरी साहित्य प्रतिष्ठानका अध्यक्ष सरस्वती शर्मा जिज्ञाशुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रतिष्ठानका उपाध्यक्ष शुभन्तनाथ सुवेदी र सञ्चालन सचिव नवराज शर्माले गरेका थिए ।

Back to top button