अरिङ्गालले टोकेर जाजरकोटमा दुई बालिकाको मृत्यु

काठमाडौं । कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ।मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता रहेका छन् ।

अरिङ्गालले टोकेर घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमबार मृत्यु भएको र सुस्मिताको आइतबार बेलुकी नै मृत्यु भएको बताइएको छ ।

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालले टोकेर घाइते भएकी छन् ।

Back to top button