नेपाली काँग्रेस प्रदेश सभा ख पर्वतले कार्यसमिति विस्तार

पर्वत । नेपाली काँग्रेस प्रदेश सभा ख पर्वतले कार्यसमिति विस्तार गरेको छ । नेपाली काँग्रेस प्रदेश सभा ख क्षेत्रीय कार्य समिति पर्वतका सभापती परविन गुरुङको सभापतित्वमा बसेको बैठकले कार्यसमिति विस्तार गरेको हो ।

बैठकले ६ जनालाई कार्यसमिति सदस्य र ४ जनालाई आमन्त्रित सदस्यमा मनोनित गरेको जनाएको छ । विस्तारित कार्यसमितिको सदस्यमा फलेवास नगरपालिका–५ खानीगाउँका नेता दुर्गादत्त तिवारी, फलेवास–१० कुर्घाका गणेशवहादुर गुरुङ, विहादी–५ चिसापानीका इन्द्र बस्याल, महाशिला–२ भोक्सीङका नुनप्रसाद गुरुङ, पैयुँ–२ का कृष्णप्रसाद भुर्तेल, विहादी–२ बराचौरका नरेन्द्र क्षेत्री रहेका छन् । आमन्त्रित सदस्यमा पैयुँ–४ हुवासकी हिरा श्रेष्ठ, चोकप्रसाद अधिकारी, चन्द्रकान्त भुषाल र विहादी– ३ रानीपानीकी राधाकुमारी भट्टराई मनोनित भएका छन् । नेपाली काँग्रेसको विधानको धारा १० को ४ को ख मा व्यवस्था भए अनुसार क्षेत्रीय कार्य समिति पर्वतको सदस्य पदमा मनोनयन गरिएको क्षेत्रीय सभापति गुरुङले जानकारी दिए ।

पैयुँ गाउँपालिका–४ हुवासमा सम्पन्न भएको १० औँ नियमित बैठकले पार्टी संगठन र भावि रणनीतिका विषयमा छलफल गदै विभिन्न निर्णय समेत गरेको छ । बैठकले दशैं पछाडी प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ । सम्मेलन तयारीका लागि सम्पूर्ण जिम्मेवारी क्षेत्रीय सभापती परविन गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ । बैठकले फलेवास नगरपालिका–६ देविस्थान निवासी नेपाली काँग्रेस पर्वतका नेता याम शर्मा पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको छ । पौडेलको निधनप्रति शोक व्यक्त गदै शोक प्रस्ताव पारित गरेको हो । पौडेलको असोज १४ गते काठमाडौँमा हृदयघातका कारण निधन भएको थियो । त्यस्तै बैठकले विहादी गाउँपालिका–५ उरामका नेता बोमवहादुर थापाको निधन भएको शोक व्यक्त गदै शोक पारित गरेको हो । वि.स.२०५४ सालमा भएको स्थानीय निर्वाचनमा वडा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । थापाको निधन असोज १९ गते निधन भएको थियो ।

बैठकमा प्रदेश सभा भित्रका नगर÷गाउँपालिका, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल जनजाति संघ, नेपाल भुपु संघ लगायतका भातृ तथा शुभेच्छुक संस्थाका सभापतिहरुको उपस्थिती रहेको थियो । बैठकमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी एवम् पैयुँ गाउँपालिका पूर्व अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, पैयुँ गाउँपालिका पूर्व उपाध्याक्ष एवम् महिला नेत्री जसमती गुरुङ, काँग्रेस नेता गिरिराज गौत्तम, जिल्ला सदस्य मुकुन्द गौत्तम, नेपाली काँग्रेस पैयुँ गाउँपालिका सभापति डम्मरकुमार प्रधान लगायतले बोल्नुभएको थियो ।

Back to top button